aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । 

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सम्बन्धीत कम्पनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस