
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रस्तावित लाभांश आज पारित हुदैंछ । बैंकले २६औं वार्षिक साधारण सभामार्फ बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्न लागेको हो । बैंकको साधारण सभा भद्रकाली, काठमाडौंमा भइरहेको छ ।
बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय समेत टुङ्ग्याउनेछ । २६औं साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनहिरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेको बैंकले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । बैंकले वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा अधिकतम ४१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट बैंकले हालसम्मकै उच्च लाभांश वितरण गरेको हो ।
उक्त वर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट भने बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस