aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट बैंकको साधारण सभा मंगलबार, २०.५३ प्रतिशत लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
एभरेष्ट बैंकको साधारण सभा मंगलबार, २०.५३ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते मंगलवार प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्दैछ । बैंकले २९औं वार्षिक साधारण सभा मंगलवार गर्न लागेको हो । सभा लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारितश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । गत वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गरेको । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

दशै अघिनै शेयरधनीहरूलाई खर्च वितरण गर्ने गरी बैंकले लाभांश पारित गर्न लागेको हो । यस बैंकले गत वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने बैंकले नगद लाभांशमा जोड दिएको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस