aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वाणिज्य बैंकका यी शाखाहरूबाट मात्रै साट्न पाइन्छ नयाँ नोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
वाणिज्य बैंकका यी शाखाहरूबाट मात्रै साट्न पाइन्छ नयाँ नोट

काठमाडौं । दशैंका लागि आज (सोमबार)बाट नयाँ नोटको सटही सुविधा शुरु भएको  छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।  

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ ।   

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ । 

विगतमा जस्तो विकास बैंक र फाइनान्स कम्पनीहरुले भने नयाँ नोट साट्ने सुविधा यस पटक दिएका छैनन । त्यसैगरि, वाणिज्य बैंकहरुले पनि विगतमा जस्तो सहज ढङ्गले सबै शाखा कार्यालयहरूबाट यस्तो सेवा प्रवाह गरेका छैनन । 

वाणिज्य बैंकहरुले केही सीमित शाखाहरूबाट मात्रै नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएका छन् । तर, सानिमा बैंकले काठमाडौं उपत्यकाभित्र रहेका सबै शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस बैंकले काठमाडौं उपत्यका बाहिर बनेपा र नौबिसे शाखाहरूबाट समेत नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ ।   

ग्लोबल आइएमई बैंकले काठमाडौंको कान्तिपथ, कमलादी, धापासी, ललितपुरको पुल्चोक र भक्तपुरको सुर्यविनायक शाखाबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । 

माछापुच्छ्रे बैंकले काठमाडौंको लाजिम्पाट, भक्तपुरको कौशलटार र ललितपुरको पुल्चोक शाखाबाट नयाँ नोट सटही गरिरहेको छ । 

सिटिजन्स बैंकले काठमाडौंको दरबारमार्ग, न्युरोड, कलंकी, मैतीदेवी, थापाथली, कमलादी, नयाँ बानेश्वर, सामाखुसी, धुम्बाराही, बौद्ध र किर्तपुर शाखाबाट नयाँ नोट सटही गरिरहेको छ । त्यस्तै, यस बैंकले ललितपुरको कुमारी पाटी, थसिखेल, भैंसिपाटी र भक्तपुरको ठिमी, सुर्यविनायक शाखाहरूबाट समेत नयाँ नोट सटही गरिरहेको छ । 

कुमारी बैंकले पुतलीसडक, गोंगबु, महाराजगञ्ज, कुमारी पाटी, चाबहिल, पेप्सिकोला, बागबजार, टेकु, नयाँ बानेश्वर र सूर्य विनायक शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ । 

त्यस्तै, एनएमबि बैंकले ६ वटा शाखा कार्यालयमा नयाँ नोट साट्ने पाइने व्यवस्था मिलाएको छ । यस बैंकले सितापाइला, कान्तिपथ, सुर्यविनायक, बागदरबार, चाबहिल र बसुन्धारा कार्यालयहरूबाट नयाँ नोट साटिरहेको छ । 

एनआईसी एशिया बैंकले थापाथली, धापासी, भैंसिपाटी र व्यासी विस्तार काउन्टरबाट नयाँ नोट सटही गरिरहेको छ । 

नयाँ नोट सटही सुविधा नबिल बैंकले समेत दिएको छ । यस बैंकको लाजिम्पाट, गुसिगंल, मंगलबार, कमल विनायक र बौद्ध जोरपाटी शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस