
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले केही सहकारीले बदमासी गर्दा राम्रा सहकारीहरू पनि समस्यामा परेको बताएका छन् । काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘औँलामा गन्न सकिने केही सहकारीले बदमासी गरेका छन् । जसका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भएको छ । बदमासी गर्ने सरकारकारीका कारण राम्रा सहकारीलाई पनि असर परेको छ ।’
नेपालको अर्थतन्त्र अझै पनि सहज बाटोमा जाने सम्भावना नरहेको बताउँदै उनले थपे, ‘एक/दुईले बदमासी गर्ने बित्तिकै सबैलाई असर गर्नुहुँदैन । राम्रा गर्नेहरूलाई समस्यामा पार्नु हुँदैन । राम्रालाई राम्रै तरिकाले हेर्नुपर्छ ।’
त्यस्तै उनले अर्थतन्त्र सुधारका लागि सहकारी लगायत सबै क्षेत्र अझै संवेदनशील बनेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस