aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा सेक्यूरिटीज लिमिटेडको कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
सानिमा सेक्यूरिटीज लिमिटेडको कारोबार शुरु

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले सोमबारदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको  समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले  संयुक्त रुपमा गरेका हुन् ।   

समुद्घाटन समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गरे । उनले सबल अनि विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

यस सानिमा सेक्यूरिटीज  लिमिटेडले साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।
                
 

प्रतिक्रिया दिनुहोस