
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज २६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित भएको कर समेत १७ दशमलव ९३ प्रतिशत नगद लाभांश असोज २९ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो । कम्पनीले २०७९ साल असार मसान्तसम्म कायम चुक्तापूँजी २५ करोड ५० लाख रूपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । नगद लाभांश सम्बन्धीत शेयरधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधि गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र नगद लाभांश प्राप्त गरेका छन् । असोज १७ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस