aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो । 

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस