aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मसान्तभित्र ब्याज बुझाउनेलाई आरबीबी बैंकले विशेष छुट दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
मसान्तभित्र ब्याज बुझाउनेलाई आरबीबी बैंकले विशेष छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले ग्राहकहरूलाई चाडपर्व बिशेष अफर ल्याएको छ ।

२०८० कात्तिक मसान्तसम्ममा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरूलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो ।

बैंकले नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली, न्यू दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्षमा छुट अफर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस