aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश कात्तिक २ गते बिहीवार पारित हुदैंछ । बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनी दरबार,ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई समेत सभाले पारित गर्नेछ ।

लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा माग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस