aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विक्री गरेको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म सर्वसाधारणमा ऋणपत्र सार्वजनिक निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएकाहरूलाई असोज ३० गते ऋणपत्र बाँडफाँट गरिएको हो ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १८ लाख कित्ता विभिन्न संघसंस्थाहरूलाई व्यक्तिगत तवरले विक्री गरेको हो भने ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये पनि ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले १० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र विक्री गरेकोे हो । 
 

प्रतिक्रिया दिनुहोस