aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले सपथ ग्रहण गरेका छन् ।  बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको संचालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् ।   

इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस