काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले सिफारिस गरेको लाभांश पारित भएको छ । बैंककोे १८८औँ बैठकबाट संस्थाका शेयरधनी आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी एक अर्ब त्रिहत्तर करोड चौरानब्बे लाख चालिस हजार मात्रको १५ प्रतिशत र छब्बिस करोड नौ लाख सोह्र हजार मात्र बराबरको नगद लाभांश पारित गरेको हो ।
वित्तीय संस्था लिमिटेडले स्थापना भएको ६ वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ ।
यस आ.व. २०८०÷८१ को प्रथम त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०९,८२५ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस