
काठमाडौं । समृद्धि फाइनान्सले बडा दशैं २०८०को उपलक्ष्यमा “समृद्धि बाट रिचार्ज अब हुनेछ फ्रि चार्ज” योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी ५०० रुपैयाँ वा सोभन्दा बढी रकम टपअफए गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले १०० प्रतिशत क्यास व्याक पाइने फाइनान्सले जनाएको छ । यो योजना २०८० सालको आश्विन २८ गते देखि कार्तिक ११ गते सम्म लागु हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस