aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट बैंकको स्थापना दिवसमा २८ जना कर्मचारी सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
एभरेष्ट बैंकको स्थापना दिवसमा २८ जना कर्मचारी सम्मानित

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५,००,००० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक  केशव प्रसाद पौडेलले  कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत  एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक  अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो । 

पञ्जाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस