aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
कामना सेवा विकास बैंक र  नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवाप्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ ।सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेका छन् ।

सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत मात्र १ रुपैयाँ लाग्नेछ ।

यो योजना २०८० कात्तिक १ देखि पुस मसान्तसम्म लागु हुने बैंकले जनाएको छ । नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिई भुक्तानी सेवाप्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम काउन्टर तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस