aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकको १९औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
सानिमा बैंकको १९औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८० कात्तिक २ गते बिहीबारका दिन १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा रहेको साधारणसभाले संचालक समितिबाट प्रस्ताव भएअनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको बैंकले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस