aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकको ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
कुमारी बैंकको ‘बडा दशैं क्यास व्याक तथा दक्षिणा योजना’

काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैंलाई लक्षित गर्दै आफ्ना बचत खातावालाहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले बचतखातावालाहरुलाई आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशंै दक्षिणा’ र ‘ क्यास व्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।       

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘ क्यास व्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ ।  यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत  अधिकतम ५०१ रुपँैयासम्म क्यास व्याक अफर दिइने छ । क्यास व्याक अफर रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ । 

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘ क्यास व्याक अफर’ सँगै ‘बडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।     

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा  ५० रुपैयाँ क्यास व्याक अफर  दिइने जनाएको छ । क्यास व्याक अफरका लागि योग्य हुन न्युनतम कारोबार  १०० रुपैयाँ हुनुपर्नेछ ।  

माथि उल्लेखित दुवै  अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरूबाट सेवा दिइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस