
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८७ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष ११ करोड ९५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म ४ करोड १५ लाख रूपैयाँभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज करिब ६३ प्रतिशत घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २५ करोड ६५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ९ करोड ५२ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा ११ करोड ९५ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष यो नाफा ५ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग २ करोड ५६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ५२ करोड २२ लाख रूपेयाँभन्दा बढी रहेको छ ।
पहिलो त्रैमाससम्म ५४ अर्ब ८३ करोड ५६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४३ अर्ब ५१ करोड २२ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ३ दशमलव ४० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाा ५७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रूपैयाँ १८ पैसा छ ।
प्रतिक्रिया दिनुहोस