
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो चैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा भने कम्पनीको खुद नाफा ६ दशमलव ६५ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ६ दशमलव ४४ प्रतिशत बढी ५ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने १० करोड १३ लाख रूपैयाँभन्दा बढी छ । ८ प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी ८६ करोड ९५ लाख ६८ हजार रूपैयाँ कायम गरेको कम्पनीको रिटेन्ड अर्निगमा १४ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम ९० करोड ९ लाख रूपैयाँभन्दा बढी छ । यस कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट ८ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५२८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षको तुलनामा ९ प्रतिशतभन्दा बढी ५ अर्ब ९० करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले करिब ५ प्रतिशत ६ अर्ब ६६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा कमपनीको निष्क्रिय कर्जा बढेको छ । गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव ४९ प्रतिशत पुगेको हो । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रूपैयाँ ९३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस