aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ कार्तिक २०८०
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९र८० को लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज कार्तिक ३ गते बसेको बैठकले मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकको चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रतिक्रिया दिनुहोस