aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गर्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश र बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट पारित गरे पश्चात् वितरण गरिने छ ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

 महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म करिब  ३२ अर्ब ५६ करोड रुपैयाँ  निक्षेप संकलन गरी   २८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस