aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ साल फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

यी दुई कम्पनीबीच १ बराबर शून्य दशमलव ८५३५ को अनुपातमा मर्जरका जाने अन्तिम सम्झौता भएको हो । अन्तिम सम्झौता गरी नेपाल राष्ट्र बैंकसँग अन्तिम सहमति मागिसकेको यी कम्पनीहरूल राष्ट्र बैंकको स्वीकृतिपछि एकिकृत कारोबारको मिति तय गर्नेछन् । हाल बिपिडब्लु लघुवित्तको चुक्तापूँजी ३ करोड रूपैयाँ रहेको छ भने सामुदायिक लघुवित्तको १४ करोड ५२ लाख रूपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस