aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ कार्तिक २०८०
एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष  बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।  मंगलबार श्रेष्ठको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको परिवार जानकारी दिएको छ। 

श्रेष्ठको अन्त्येष्टि उनको इच्छाअनुसार एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि वुडन क्रिमेटरी)बाट भएको थियो। यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो। 

 एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत शेयर होल्डिङ छ।

प्रतिक्रिया दिनुहोस