aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बैंकहरु धमाधम लाभांश घोषणा गर्दै, धेरै नाफा कमाउने बैंक चुपचाप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
बैंकहरु धमाधम लाभांश घोषणा गर्दै, धेरै नाफा कमाउने बैंक चुपचाप

काठमाडौं । २८ वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये कुमारी बैंक, एनआईसी एसिया र सिटिजन्स बैंकले साधारणसभा नै गरेर शेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् । 

धेरै नाफा कमाउनेसहित अझै १५ वटा वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुराना बैंकहरु एकले अर्कोले लाभांश घोषणा कति र कसरी (नगद वा बोनस) वितरण गर्छ त्यसैको आधारमा आफूहरुले पनि लाभांश घोषणा गर्नु पर्ला भन्ने प्रतीक्षामा छन् । त्यसैले लाभांश वितरणमा ढिलाई भएको एक बैंकरले बताए । एक दुई वाणिज्य बैंक बाहेक अरुले तिहार अघि नै लाभांश घोषणा गर्ने तयारीमा रहेको जानकारी पनि ती बैंकरले दिए । 

एउटाले घोषणा गर्ना साथ अर्कोले पनि त्यहीअनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि बोनस शेयरभन्दा नगद लाभांश बढी वितरण गर्न थालेका छन् ।  चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकहरुले यसपाटकदेखि नगद बढी र बोनस शेयर कम वितरण गरेका हुन् ।
अहिलेसम्म लाभांश घोषणा गरेको १३ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंकले त यसपटक करसहित ११.७५ प्रतिशत नगद लाभांश माात्र वितरण गर्दैछ । उक्त बैंकले यस वर्ष बोनस शेयर दिएन ।

सिद्धार्थ बैंकले १५.२६ प्रतिशत नगद र १० प्रतिशत बोनस बितरण गर्दै छ । सिटिजन्स बैंकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस लाभांश वितरणको प्रस्ताव  साधारणसभाबाट पारित गरिसकेको छ । यसैगरी, माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस, एसबीआई बैंकले १०.८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस वितरण गर्दैछ । बैंक अफ काठमान्डूले पनि ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस दिँदैछ ।
 
केही बैंकले नगद लाभांश र बोनस शेयर बराबरी बितरण गर्दैछन् । ग्लोबल आइएमईले १२.७५ नगद र १२.७५ प्रतिशत बोनस, जनता बैंकले ६ प्रतिशत नगद र ६ प्रतिशत बोनस वितरण गर्दैछन् ।

यसैगरी सानिमा बैंकले ११.०५३ नगद र १० प्रतिशत बोनस वितरण गर्दै छ । कुमारीले ०.५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस, एनआईसी एसियाले ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभाले गरिसकेका छन् । सन्राइज बैंकले ५.८ प्रतिशत नगद र १० प्रतिशत नगद वितरण गर्दैछ । प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
 
गत वर्षभन्दा यो वर्ष बढाएर धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।
 
लाभांश घोषणा गर्न बाँकी बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ ।  
 
लाभांश घोषणा गर्न बाँकी बैंकहरूलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ । घोषणा गर्न बाँकी वाणिज्य बैंकले आर्थिक वर्ष २०७४÷०७५ मा बाँडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५÷०७६ मा बाँड्ने लाभांश बढाउने अनुमान गर्न गरिएको छ । प्रत्येक बैंकले चुक्ता पुँजी बढाएकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको बैंकरको भनाइ छ ।
  
बैंक                           बोनस शेयर                              नगद लभांश 
एनआईसी एसिया बैंक        १०                                           ११.०५   
सानिमा बैंक                      १०                                             ११.०५   
बैंक अफ काठमाण्डू ६        ११                                               – 
माछापुच्छ्रे बैंक                    ५                                              ११         
सिटिजन्स बैंक                      ३                                              १२         
कुमारी बैंक                         १०                                              ०.५२ 
ग्लोबल आइएमई बैंक          १२.७५                                          १२.७५
नेपाल एसबीआई बैंक           ६                                                 १०.८४
मेगा बैंक                            ११.७५                                              –
जनता बैंक                         ६                                                     ६
सनराइज बैंक                    १०                                                     ५.८
सिद्धार्थ बैंक                        १०                                                    १५.२६ 
प्रभु बैंक                              १६                                                   ०.८४ 
 
 

प्रतिक्रिया दिनुहोस