काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि १९ जनाले आवेदन दिएका छन । कात्तिक १२ गते आइतरसम्ममा नयाँ सिइओका लागि १९ जनाको आवेदन परेको बैंकले जनाएको छ ।
नेपाल बैंकको सीइओका लागि सरकारी बैंकमा उच्च पदमा कार्यरत कर्मचारीदेखि उच्च पूर्व सरकारी कर्मचारीहरुले समेत आवेदन दिएका छन । आवेदन दिनेमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल,रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, र कृष्ण प्रसाद आचार्यले पनि बैंकको सीइओको लागि आवेदन दिएका छन् ।
अन्य आवेदकमा छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेय रहेका छन्। कृषि विकास बैंकमा कृष्णबहादुर अधिकारीको अवधि सकिएपछि सिइओ पद खाली रहेको छ ।
प्रतिक्रिया दिनुहोस