
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख १५ हजार २१६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले भरत प्रसाद तिमिल्सेनाको नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता र राम बाबु प्रसाद साहको नाममा रहेको ५ हजार २५४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल,काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस