aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९ औं वार्षिकोत्सव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९ औं वार्षिकोत्सव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे काठमाडौं महानगरपालिका वडा नं ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रम गरेको हुन् ।  

यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।   

यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदूपयोग हुने विचार व्यक्त गरे ।   

बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए । बैंकको संचालक समितिका अध्यक्ष उज्वल सत्यालको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधि काम गरेका कर्मचारीहरुलाई ‘एक्सिलेन्स अवार्ड’ वितरण तथा ‘केक कटिङ’ कार्यक्रम समेत गरिएको थियो ।       

प्रतिक्रिया दिनुहोस