
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कात्तिक १३ गते दिउँसो ३ः१५ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा वितरण गर्ने प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ ।
बैंकले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बैंकले कर समेत १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष बैंकले नगद लाभांशमा मात्र जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस