aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ कार्तिक २०८०
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ३० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता १०१ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्र्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २१ गते विहान १० बजे कुमारी क्यापिटलको कार्यालयमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस