aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि सुनका असर्फी बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि सुनका असर्फी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यहि कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बिक्री गरिने भएको हो । 

तिहारको अवसरमा यस बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का प्रतिव्यक्ति बढीमा सुनको असर्फी १ सेट (१० ग्रामर चाँदीका सिक्का एक सेट बिक्री गरिने सूचनामा उल्लेख छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस