
काठमाडौं । महालक्ष्मी बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ८ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश दिन लागेको हो । सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीरुले पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ८४ करोड ४५ लाख छ । बैंकले प्रस्ताव गरेको वोनस वितरणपछि पूँजी रू. ३ अर्ब ७२ करोड ६ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस