
काठमाडौं । समता लघुवित्त वित्तिय संस्थाको २०० प्रतिशत हकप्रद शेयरमा असोज २६ गतेदेखि आवेदन दिन सकिन्छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद शेयरमा भदौ ३१ गतेसम्मका कायम शेयरधनीहरुले आवेदन दिन सक्ने छन् । आवेदकहरुले हकप्रदमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
कम्पनीको हाल चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी रू. १८ करोड २० लाख १६ पुग्नेछ । अघिल्लो आवमा रू. ७३ लाख ८५ हजार नाफा गरेको कम्पनीले गत आवमा रू. २ करोड ५७ लाख ९७ हजार नाफ कमाएको छ ।
कम्पनीले गत आवमा रू. ७९ लाख ३२ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३८ दशमलव ८७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस