aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घट्यो एनआईसी एशिया बैंकको नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
घट्यो एनआईसी एशिया बैंकको नाफा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफामा गिरावट आएको देखिएको हो । 

उक्त विवरण अनुसार चालु आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा१ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ ।    

पहिलो त्रैमाससम्म कम्पनीले ३ खर्ब ६३ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ९४ अर्ब ९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ९८ करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । निष्क्रिय कर्जा १ दशमलव ३७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ रूपैयाँ ९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ भने २०२ रूपैयाँ ५ पैसा छ ।
  

प्रतिक्रिया दिनुहोस