
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा बैंकले यस अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।
बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस