
काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४६ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा साढे ६ प्रतिशत घटेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब ५७ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो । गत वर्ष ९९ करोड ३४ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष १ अर्ब ११ करोड १६ लाख रूपैयाँभन्दा बढी भएको छ ।
सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६८ प्रतिशत कम भएको छ । गत वर्ष २ अर्ब २३ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ अर्ब १२ करोड रूपैयाँभन्दा बढी यो नाफा गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग ३ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २८ र्ब ३९ करोड रूपैयाँभन्दा बढी कायम छ । पहिलो त्रैमाससम्म ४ खर्ब १४ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ खर्ब ५३ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव ३३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ६९ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २१ रूपैयाँ ७२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रूपैयाँ २७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस