aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माछापुच्छ्रे बैंकको नाफा ५४ करोड २२ लाख, वितरणयोग्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
माछापुच्छ्रे बैंकको नाफा ५४ करोड २२ लाख, वितरणयोग्य कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ ।  

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ । बैंकको आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस