
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थालाई १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले १ : १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डले असोज १६ गते अनुमति दिएको हो । कम्पनीले १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा हकप्रद जारी गर्नेछ ।
हकप्रद पश्चात चुक्तापूँजी ४० करोड ५० लाख ६९ हजार पुग्नेछ । यस हकप्रद विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस