aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कात्तिक १९ गते विहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस