aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समृद्धि फाइनान्सकोद्धारा सरसफाई कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
समृद्धि फाइनान्सकोद्धारा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनानसले कार्तिक १९ गते आइतबारको  दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाण्डौको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु, तथा डस्ट्प्यान उपलब्ध गराएको छ ।

साथै समृद्धि फाइनान्सले कार्तिक १९ देखि २५ गते सम्म २२ औ वार्षिकोत्सव हप्ता मनाईरहे फाइनान्सले जनाएको छ । यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतना मुलक कार्यक्रहरु गर्ने जानकारी गराएको छ । कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई कार्यक्रम र कार्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल ¥याली गर्ने जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।  भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस