
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको ४ दशमलव २१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश सहित अन्य विविधि प्रस्ताव पारितका लागि बैंकले मङ्सिर ५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्याक्वेट बालुवाटारमा बिहान १० बजे बोलाइएको हो ।
यो साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएकाले कात्तिक २० गते सम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
प्रतिक्रिया दिनुहोस