aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भूकम्प प्रभावितलाई सानिमा बैंकले २५ लाख सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
भूकम्प प्रभावितलाई सानिमा बैंकले २५ लाख सहयोग गर्ने

काठमाडौं । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि सानिमा बैंकले आर्थिक सहयोग गर्ने भएको छ । बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने बैंकको विश्वास छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने जनाईएको छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस