aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चरले यस वर्ष ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
नेपाल इन्फ्रास्ट्रक्चरले यस वर्ष ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँको आधारमा कर समेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीको लाभांश प्रस्ताव नेपाल सरकार, अर्थमन्त्रालयबाट समेत स्वीकृति गराउनुपर्नेछ ।

कम्पनीले गत वर्षको जतिनै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव २१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस अघि दुई आर्थिक वर्ष कम्पनीले लाभांश वितरण गरेको छ । सुरुको वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस