
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा यो शेयर बिक्री खुला गरेको थियो ।
सो समयमा वितरण हुन नसकेपछि सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कुल कित्ता शेयरमध्ये विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता रहेको छ ।
यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस