aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कामना सेवा विकास बैंकले यस वर्ष लाभांश नबाँड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
कामना सेवा विकास बैंकले यस वर्ष लाभांश नबाँड्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ । 

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारण सभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस