aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल लाभांशमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १ करोड ५० लाख १ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरिएको हो ।  

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष कम्पनीले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस