aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु बैंकको ५ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
प्रभु बैंकको ५ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ६३ हजार ७७८ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याइएको हो । 

इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बैंकले प्रभु ग्रुप प्रालिको नाममा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, जानुका खड्काको नाममा रहेको २७ हजार कित्ता र कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४०९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 
 

प्रतिक्रिया दिनुहोस