aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समृद्धि फाइनान्सद्धारा साइकल र्‍याली सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
समृद्धि फाइनान्सद्धारा साइकल र्‍याली सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्‍याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमाआएर समाप्त भएको थियो । 

सो र्‍यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे.वि. हमाल, प्रमुख कार्यकारी अधिकृत(सिईओ) टिका निधि लोहनी साथै फाइनान्सका १९ जनाकर्मचारीहरुको सहभागिता रहेको फाइनान्सले जनाएको छ । 

समृद्धि फाइनान्स कम्पनीले यहिकार्तिक २५ गने २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतना मुलककार्यक्रमहरु गरिरहेको छ ।  कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरेको फाइनान्सले जनाएको छ । साथै भोलि प्रधानकार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै गरेको फाइनान्सले बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।  त्यस्तै, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस