aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

माछापुच्छ्रे बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
माछापुच्छ्रे बैंकको लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंकको २१औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापुँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एवम् नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 
साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्न÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 
बैंकले गत आर्थिक वर्षमो १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
 

प्रतिक्रिया दिनुहोस