
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको असोज २६ गतेको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपश्चात वितरणयोग्य हुनेछ । कम्पनीले हाल कायम १० करोड ५८ लाख ६१ हजार रुपैयाँको आधारमा लाभांश घोषण गरेको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस